२६ कार्तिक २०८३, बिहिबार

पर्सामा बाघको आक्रमणबाट युवकको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ९ पुस । बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो ।

घर नजिकै जंगलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए । उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए । ‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ’, उनले भने ।

धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।