१० कार्तिक २०८३, मंगलबार

तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन शीर्ष नेताहरुबीच छलफल भएको हो ।

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी भएका छन् ।

यसअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल भएको थियो।