
काठमाडौं, ९ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेको भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन्।
उनले अदालतको आदेशको २४ दिनमा बल्ल धरौटी बुझाएका हुन् । रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
यसअघि धरौटी बुझाउन नसक्ने बताएपछि उनी कारागारमुक्त हुन सकेका थिएनन् । उनले आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएका हुन् ।
उनलाई बुझबार रिहा गर्ने तयारी भएको छ ।















प्रतिक्रिया