
काठमाडौं, ९ पुस । काभ्रेमा विद्यालय छात्रालाई बलात्कार गरेको आरोपमा प्रध्यानाध्यापकसहित दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उनीहरुमाथि गत कात्तिकमा विभिन्न प्रलोभनमा पारी ती छात्रालाई बलात्कार गरेको आरोप छ ।
पीडित पक्षको जाहेरी पश्चात् उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले बताए ।











प्रतिक्रिया