
काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायण–बुटबल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउन आजदेखि पैदलयात्रा गर्दैछ ।
रास्वपाले आजदेखि सो सडक खण्डमा पैदलयात्रा सुरु गर्न लागेको हो । नारायणगढ–बुटबलसम्म ११३ किलोमिटर दुरीको पैदल यात्रा ३ दिनमा सक्ने जनाइएको छ ।
पैदल यात्रामा सभापति रवि लामिछानेसहित पार्टीका नेता, सांसद, कार्यकर्ता लगाएतको सहभागिता रहनेछ ।











प्रतिक्रिया