२६ कार्तिक २०८३, बिहिबार

कस्तो रहन्छ आजको मौसम ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । देशका अधिकांश भू-भागको मौसम आज सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ । महाशाखाले देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहेको जनाएको छ । तराईका थोरै भूभागमा हुस्सु/कुहिरो लागेको  छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाको अनुरोध छ ।