रौतहट, २६ जेठ । युवतीलाई फकाएर एक दम्पत्तीले होटल सञ्चालन गरी रौतहटमा यौन धन्दा गर्दै आएको खुलासा भएको छ ।
प्रहरीले होटल सञ्चालक राजु दुलाल र उनकी श्रीमती तारा दुलाललाई यौन धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरी छानविन गर्दा अर्काकी छोरी फकाएर पैसाको प्रलोभनमा यौनधन्दा सञ्चालन गर्दै आएको खुलासा भएको हो ।
करिब एक महिना अगाडि पक्राउ परेका होटल सञ्चालक दम्पत्तीलाई सोमबार जिल्ला अदालत रौतहटले मानव बेचबिखन तथा ओसारपसारमा दोषी ठहर गर्दै कारागार चलान गर्न आदेश दिएको छ ।
रौतहट सदरमुकाम गौरमा रहेको राजु होटल सञ्चालन गर्दै आएका राजु दुलाल र तारा दुलालले एक महिलालाई वेश्यावृत्तिमा लगाएर यौनधन्दा चलाएको अभियोगमा जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले कारागार चलान गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होटल सञ्चालक दम्पत्तीले राति राति ग्राहक बोलाएर यौनधन्दा सञ्चालन गर्दै आएका थिए । युवतीलाई मासिक १० हजार रुपैयाँ दिँदै आएका थिए ।















प्रतिक्रिया