
पोखरा, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।
शनिबार पोखराको अमरसिंह चौरमा आयोजित पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार सभामा सहभागी लमजुङ घर भई पोखरामा बस्दै आएका २८ वर्षीय सन्तोष रानाभाटले लामिछानेमाथि खाया प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बोधका क्रममा लामिछानेले सहकारीको विषय उठाएपछि उनले खोया प्रहार गरेका थिए । खोयो प्रहारसँगै उनले लामिछानेमाथि सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् ।
आफूमाथि खाया प्रहार भएपनि सम्बोधनलाई निरन्तरता लिएर लामिछाने सभाबाट बाहिरिएका छन् ।











प्रतिक्रिया