२६ कार्तिक २०८३, बिहिबार

नेकपा एस चितवनका सचिव लामिछाने र उपसचिव विकले त्यागे पार्टी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेकपा (एकीकृत समाजवादी) चितवनका सचिव केपी लामिछाने र उपसचिव कर्णबहादुर विकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

 एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरुल पार्टीको नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको दाबी गर्दै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

‘कार्यकर्तालाई सहयोग संरक्षण गर्ने र उच्च मनोबलका साथ पार्टी निर्माणमा लाग्नु पर्नेमा निष्कृय र गतिहिन अवस्थाबाट गुज्रिरहेको छ । यो पार्टीमा कुनै नविन सोच, अग्रगामी दृष्टिकोण र वैचारिक सुस्पष्टता समेत देखिदैन् । पाँच दलीय सत्ता गठबन्धनको पासोमा बेरिएर समाप्तीको बाटो पक्रिएको यसको नेतृत्वले आफूलाई बदल्ने कुनै गुन्जायस राखेको पाईंदैन । जसको कारण दिनहुँ नेता कार्यकर्ताले यो पार्टी परित्याग गरिरहेका छन् । नेकपा (एकीकृत समाजवादी)को नेतृत्व दिनानु दिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको, सुधारको गुन्जाईस नरहेको, राष्ट्रिय राजनीतिमा भूमिका शून्य भएको र वैचारिक सांगाठनिक नेतृत्व दिन असक्षम रहेको यस्तो अन्यौलको परिस्थितिमा चितवन जिल्लामा रहनु भएका थुप्रै कमरेडहरुले पार्टीको गतिहीन अवस्थालाई मध्यनजर गरि विकल्पको खोजी गरिरहनु भएको स्थितिमा यो पार्टीमा रहेर समय र उर्जा खर्चिनु निरर्थक भएकोले नेकपा (एकीकृत समाजवादी) चितवनको सचिव र उपसचिवको जिम्मेवारीमा रहेका हामीले आजैका मितिबाट नेकपा (एकीकृत समाजवादी) परित्याग गरेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’ उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक रुपमा अब कसरी अघि बढ्ने भन्ने सन्दर्भमा देशको विद्यमान अवस्था र एकताबद्ध कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतालाई ध्यानमा राखी जिल्लाभर रहेका साथीहरुसँग आवश्यक राय परामर्श गरेर छिट्टै निर्णय लिइने उनीहरुको भनाइ छ । साथै उनीहरुले नेकपा (एकीकृत समाजवादी)मा रहेका ईमानदार नेता कार्यहरुलाई विवेकसम्मत तवरमा सोच्न र आवश्यक निर्णय लिन अपिलसमेत गरेका छन् ।