२ कार्तिक २०८३, सोमबार

गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपतिको प्रतिबद्धता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ७ पुस । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन् ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरूसहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताएका छन् । यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले “रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान” चाहेको उल्लेख गरेका छन् ।