२६ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति पौडेल आज विराटनगर जाँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन् ।

नेपाल उद्योग परिसंघ कोशीले आयोजना गरेको प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्न राष्ट्रपति पौडेल विराटनगर जान लागेका हुन् ।

राष्ट्रपति बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्ने उनको सचिवालयले जनाएको छ भने उनी आजै काठमाडौं फर्किने छन् ।