३ कार्तिक २०८३, मंगलबार

गरिमा विकास बैंकले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको २९७औँ बैठकले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका अनुसार, शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट पारित भएपश्चात् वितरण गरिने बैंकले जनाएको छ । प्रस्तावित लाभांश वितरणपश्चात् गरिमा विकास बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ १४ पैसाबाट बढेर ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा पुग्नेछ ।