
काठमाडौं, ६ पुस । सिटिजन्स बैंकले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
“हजुरको प्रगतिको सहयात्री“ भन्ने नारालाई आत्मसात् गर्दै बैंके चितवनको रत्ननगर नगरपालिका ५ मा रहेको झुवानी माध्यामिक विद्यालयका दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै पोखरेलले दृष्टिविहीन तथा अपाङ्गता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ खुशी लागेको बताए ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।















प्रतिक्रिया