२ कार्तिक २०८३, सोमबार

ग्लोबल आइएमईले ल्यायो १२ करोडसम्मको विशेष घर कर्जा योजना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोडसम्मको विशेष घर कर्जा योजना ल्याएको छ। सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिद लक्षित विशेष योजना ल्याइएको बैंकले जनाएको छ।

यो योजना अन्तर्गत सेवाग्राहीले पाँच वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, पाँचदेखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन्।

यसका लागि छिटो र सहज कर्जा प्रवाहको व्यवस्था गरिएको जनाएको छ। बैंकका अनुसार आवश्यक कागजात पेश गरेको तीन कार्यदिनभित्र कर्जा प्रवाह गरिनेछ।

यस योजना अन्तर्गत अन्य ब्यांक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका सेवाग्राहीले सहज रूपमा कर्जा सार्न पनि सक्ने व्यवस्था गरिएको छ।