२ कार्तिक २०८३, सोमबार

८०० रुपैयाँले बढ्यो सुनको मूल्य

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८ सय पुगेको हो । यसअघि हिजो बिहीबार सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।