२७ कार्तिक २०८३, शुक्रबार

स्वास्थ्य निर्देशनालयले माग्यो १६० कर्मचारी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ५ पुस । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालय धनुषाले विभिन्न पदमा १६० जना कर्मचारी माग गरेको छ । निर्देशनालयले आज एक सूचना जारी गर्दै करारमा भर्ना हुने गरी १६० जना कर्मचारी माग गरेको हो ।

निर्देशनालयले प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक)का लागि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।