२७ कार्तिक २०८३, शुक्रबार

छठका लागि सजिँदै धनगढीको मोहना घाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । आजदेखि छठ पर्व सुरू भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरू हुने छठको पहिलो दिन आज नहाय–खाय विधि गरिन्छ ।

छठको पूजाका लागि धनगढीको मोहना घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

छठ व्यवस्थापन समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलले घाट सजावटको काम ८५ प्रतिशत पूरा भइसकेको बताए । सष्टि तिथिका दिन अस्ताउदो सूर्यलाई जल चढाउन ताल, तलैया वा नदी किनार आवश्यक पर्ने गरेको बताउँदै अध्यक्ष मण्डलले सो दिनसम्म सम्पूर्ण तयारी पूरा भइसक्ने बताए ।

oplus_2

उनका अनुसार यस वर्ष मोहना घाटमा करिब २ सय वर्तालुले सूर्यलाई जल चढाउने अनुमान गरिएको छ । त्यसका लागि १५० वटाभन्दा बढी स्टल तयार गरिएको उनले बताए ।

अध्यक्ष मण्डलका अनुसार भारतको गौरिफण्टा नाकासँग सीमाना जोडिएको मोहना घाटमा सुरक्षाका लागि प्रशासन र प्रहरीलाई आग्रह गरिएको छ ।

वर्तालुसँगै श्रद्धालु र अन्य व्यक्तिको पनि आगमन हुने हुँदा मोहना घाटमा सष्टि तिथिको राति दुई तीन हजारभन्दा बढी व्यक्तिको आगमन हुने अनुमान गरिएको उनले बताए । सोही अनुसार सुरक्षा व्यवस्थाका लागि आग्रह गरिएको अध्यक्ष मण्डल बताउँछन् ।

oplus_2