६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको तापक्रम आज ३४.३ डिग्री सेल्सियस पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paudi-kheldai-fun-park

काठमाडौँ, २५ जेठ । आइतबार अधिकतम ३४.५ डिग्री सेल्सियस मापन भएको काठमाडौँको तापक्रम आज अधिकतम ३४.३ मापन गरिएको छ ।

त्यसैगरी नेपालगन्जको अधिकतम ४४.५, दिपायलको ४३, धनगढीको ४२.२, भैरहवाको ४२.५ र सिमराको ४०.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम बुधबारसम्म यथावत् रहने मौसमविद् सुभाष रिमालले जानकारी दिनुभयो । बुधबारपछि मात्रै तापक्रम घट्न सक्ने उहाँको भनाइ छ ।

शनिबार अपराह्न तीन वर्षयताको सबैभन्दा बढी (३५ डिग्री सेल्सियस) गर्मी दिन भएको विभागको भनाइ छ । विसं २०६९ जेठ ३१ मा राजधानीको तापक्रम ३५.२ डिग्री सेल्सियस पुगेको थियो । त्यसैगरी विसं २०४६ वैशाख–जेठमा काठमाडौँको तापक्रम ३६.६ डिग्री सेल्सियससम्म पुगेको थियो । रासस