२ कार्तिक २०८३, सोमबार

२८ दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरणको तयारी, दुई सिफ्टमा काम थालियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यकामा २८ दिनभित्र मेलम्चीको खानेपानी वितरणको योजनासहित द्रुत गतिमा काम अगाडि बढाइएको छ ।

खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दावी गरेको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम थालिएको जानकारी दिएका छन् ।