२७ कार्तिक २०८३, शुक्रबार

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशका विषयमा निर्णय गर्न बिहान ११ बजे बैठक बोलाइएको हो ।

गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो । सुनुवाइ सोमबार सकिएको थियो ।

प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान छन् । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।