२ कार्तिक २०८३, सोमबार

युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंकले गर्‍यो रणनीतिक साझेदारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंकले रणनीतिक साझेदारी गरेको छ । जसअनुसार बैंकले अल अन्सारी एक्सचेन्जसँग रणनीतिक साझेदारी सम्पन्न गरेको हो ।

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने छ ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब उक्त एक्सजेन्चबाट बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ ।