२ कार्तिक २०८३, सोमबार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब शुन्य पाँच अङ्कले उकालो लागेर तीन सय ९७ दशमलब ६९ मा पुगेको छ । कूल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ मा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटलको रु २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको रु १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्टको रु १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्टको रु १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलब २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलब ९०, प्रभु बैंकको ऋणपत्र तीन दशमलब ८३, सानिमा बैंकको ऋणपत्र तीन दशमलब ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलब १९ प्रतिशतले गुमाएका छन् ।