
काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मंगलबार बिहान शीतल निवास पुगेका थिए।
भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक अवस्था र समसायिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका कामप्रति निरन्तर चासो राख्दै आएका छन् ।
भेटमा राष्ट्रपति पौडेलले राष्ट्रिय सभा निर्वाचनबारे पनि चासो राखेको बताइएको छ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यसहित २० जना सदस्यहरुको पदावधि सकिदैँछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट एकजना मनोनीत हुने व्यवस्था छ ।
सरकारले १९ सिटका लागि माघ ११ मा निर्वाचन गर्ने मिति तोकेको छ ।











प्रतिक्रिया