
काठमाडौं, ३ पु्स । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।
लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको हो ।
यसअघि मंसिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मंसिर पुस १ गते भने रिट निवेदककै कानून व्यवसायीले स्थगित गराएका थिए ।
पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो ।











प्रतिक्रिया