२ कार्तिक २०८३, सोमबार

भारतको प्रतिबन्धपछि चीनबाट हुन थाल्यो प्याजको आयात

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ ।

नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् । भारतले गत मंसिर अन्तिम सातदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिबन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यसपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् ।

अहिले चीनको केरुङ हुँदै प्याज आयात भइरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ ।

संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रकिया पूरा भइसकेको छ ।

भारतको प्रतिबन्धपछि बजारमा प्याजको अभाव  देखिएको र मूल्य दोब्बर भएको छ । यसअघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर अहिले २ सय रुपैयाँसम्म पुगेको छ ।

चीनबाट प्याज आएपछि एक किलो प्याजको मूल्य ८० देखि ९० रुपयाँसम्म हुने बताइएको छ ।