९ कार्तिक २०८३, सोमबार

प्रस्तावित सर्वोच्चका ६ जना न्यायाधीसको सुनुवाई सकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुसर । संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाई सकिएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले प्रस्तावित न्यायाधीशमध्ये सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुवाई गरेसंगै ६ जनाकै सुनुवाई सकिएको हो ।

सुनुवाई भएका प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदनका लागि पुष ४ गते बैठक बस्ने समितिले जनाएको छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो जसमध्ये सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले छिटो न्याय प्रदान गर्ने, पुराना मुद्दाहरुलाई किनारा लगाउदै जाने कुरालाई एकीकृत कार्ययोजनाका साथै प्रणालीगत बिकास गर्नुपर्ने बताउनुभयो । उहाले बहस व्यवस्थापन सम्बन्धमा लिड लयरको व्यवस्थापन गरि बहस गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले न्यायसेवाको गुणस्तर, सहज कार्यवातावरण र छिटो न्याय प्रदानका साथै बिकृति, भ्रष्टाचार अन्त्य गर्न आफुले पहल गर्ने बताए । उनले न्यायीक सुधारका लागि यसअघि आएका प्रतिवेदनका आधारमा यस क्षेत्रको सुधारका लागि पनि आफु लागिपर्ने जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले सहज रुपमा छिटो न्याय प्रदान गर्न प्रस्तावित न्यायाधीशहरुको कार्ययोजनाका बारेमा प्रश्न गरेका थिए । सुनुवाई समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरे मात्रै नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।