
काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौंमा जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ ।
गएको मंसिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।















प्रतिक्रिया