९ कार्तिक २०८३, सोमबार

संघीयतामा गएपछि मुलुकमा सन्तोषजनक विकास भएको छ: प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुसर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयतामा गएपछि मुलुकमा सन्तोषजनक विकास भएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १ सय ५औँ स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा तीनै तहको सरकारका कारण भएको विकास सन्तोषजनक भएको र यसमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको जिकिर गरेका हुन् ।

प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरे । पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासन, शिक्षा, पूर्वाधार क्षेत्रमा स्थानीय तहले गरेका कामबारे जनप्रतिनिधिहरूले जनतालाई जानकारी गराउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

उनले केही गणतन्त्र विरोधी पक्षले नकारात्मकता फैलाइरहेकोले पनि परिवर्तन पक्षधरको भूमिकाका बारेमा जनतालाई जानकार गराउनुपर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको समाधानका साथै बाग्मती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेपमा सरकारले गरेको कामलाई स्वीकार गर्न काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहलाई सुझाव दिए ।