
काठमाडौं, २ पुस । इजरायली सेनाले गाजामा हमास समूहले प्रयोग गर्ने अहिलेसम्मकै ठूलो सुरुङ फेला परेको दाबी गरेको छ ।
सुरुङका तस्वीर तथा भिडियो सार्वजनिक गर्दै इजरायली सेनाले चार किलोमिटरभन्दा लामो सुरुङ फेला पारेको बताएको हो ।
सुरुङमा मिनी ट्रक गुड्न सक्छ भने स्याटेलाइट फोनसहितका सुविधा छन् । यस्तै जमिनबाट १६५ फिटको गहिराइसम्म सुरुङ फैलिएको छ ।
हमासका कमाण्डरहरु लुक्ने अनुमान गरिएको यो सुरुङसँग जोडिएका कैयौँ सहायक सुरुङ फेला परेको इजरायलको दाबी छ ।
गाजामा हमासले करिब पाँच हजार किलोमिटर सुरुङ सञ्जाल बनाएको आशंकामा इजरायली सेना सुरुङको खोजीमा छ ।
इजरायलले भेटिएका सुरुङ नष्ट गर्दै आएको छ।















प्रतिक्रिया