९ कार्तिक २०८३, सोमबार

रूसी सेनामा रहेका भरतको युक्रेनी सेनासँगको भिडन्तमा मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुस । रूसी सेनामा रहेको थप एकजना नेपालीको युक्रेनसँगको भिडन्तमा मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका-१ का ३६ वर्षीय भरत शाहको युक्रेनी सेनाको गोली लागेर मृत्यु भएको हो ।

आइतबार उनको परिवारले कुसको शव बनाएर हिन्दु परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा भरतको अन्तिम संस्कार गरेको छ । उनी तीन महिनाअघि रूसी सेनामा भर्ना भएका थिए ।

उनको मृत्युबारे सरकार र दूतावासले भने चौपचारिक जानकारी दिएका छैनन् ।