९ कार्तिक २०८३, सोमबार

यसरी सम्पन्न भयो एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १ पुस । नेकपा (एमाले) ले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज औपचारिक रूपमा सम्पन्न भएको छ ।

मंसिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराई सुरू गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन गरेका हुन् ।

नेपालको इतिहासमा नै राजनीतिक दलको तर्फबाट आयोजना गरिएको यति लामो यात्राको नेतृत्व सुरूको बिन्दु बैतडीस्थित महाकाली नदी किनारको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गरे । यात्राको क्रममा मध्यपहाडका अधिकांश जिल्लामा टोली पुगेको छ ।

अभियानका क्रममा एमाले अध्यक्ष लगायत अभियानमा संलग्न नेताहरूलाई स्वागत गर्न हजारौँको सङ्ख्यामा नागरिकहरू ठाउँ ठाउँमा भेला भएका थिए ।

नागरिकले एमालेको अभियानमा साथ र समर्थन जनाएका थिए । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो ।

यात्राका क्रममा प्राप्त सुझा, ध्यानाकर्षण पत्र, ज्ञापन पत्र समेतलाई अध्ययन गरी मध्यपहाडको विकास खाका तयार गरिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।