
काठमाडौं, १ पुस । मुग्लिनबाट पोखरा जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बस तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा दुर्घटनामा परेको हो।
टिपरलाई ओभरटेर गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरू उद्वार गरेर अस्पताल पठाइएको छ ।















प्रतिक्रिया