९ कार्तिक २०८३, सोमबार

८४ सम्म सरकार चलाउन दिए रास्वपा प्रचार नै नगरी निर्वाचन लड्छ: रवि लामिछाने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार रास्वपा काठमाडौं क्षेत्र नम्बर नौ ले नैकापमा आयोजना गरेको खुलासभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरुको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

सभापति लामिछानेले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य गर्न सक्ने दावी गरे । उनले मिसन मिशन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे । उनले हरेक दिन एउटा एउटा काण्ड आउने गरेकोले विरोध र आन्दोलन गरेर साध्य नहुने धारणा व्यक्त गरे ।

त्यस्तै लामिछानेले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरुले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चूनाव लड्ने आँट गर्न नसकेको दावी गरे । ठूला भनिएका दलहरुले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरुसँग सुशासनको एजेण्डामात्र भएको स्पष्ट पारे ।

सभापति लामिछानेले नेताहरुले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउदै अब ठूला दलका कुनै नेताले देश बनाउछ भनेर विश्वास गर्न नसकिने धारणा राखे ।

उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।