२१ कार्तिक २०८३, शनिबार

प्रचण्डले ‘सहमतिमा जाऔं’ भनेपछि तीस दलीय मोर्चा फुट्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Meeting Held on Sunday

काठमाडौं, २५ जेठ । संविधानको मुख्य विवादित विषय संघीयतामा सहमति जुटेको केही समयमै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तीस दलीय मोर्चा फुटेको छ ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारदलको बैठकले संविधान बनाउन ८ प्रदेशसम्म बनाउन सकिने गरी सहमति गरेको थियो । त्यसलगत्तै प्रचण्डले तीस दलीय मोर्चाको बैठक डाँकेका थिए ।

बैठकमा प्रचण्डले सहमतिमा जाऔं भनेपछि मधेसी दलका नेताहरुले असहमति जनाउँदै ८ प्रदेशको सहमति मान्य नहुने बताएका थिए । प्रचण्डले अब सहमतिमा जानुपर्छ भन्दै ८ प्रदेश मान्नुपर्ने बताएपछि मधेसी नेताहरुले मोर्चा छाड्ने निर्णय गरेका हुन् ।

प्रचण्डले संविधानका लागि सहमति गरेपछि मोर्चामा आवद्ध २८ दलले सीमांकन विनाको ८ प्रदेश स्वीकार्य नहुने भन्दै मोर्चा छाडेको तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए ।

प्रचण्डको निर्णयमा विजय गच्छदारले भने सहमति जनाएका छन् । उनले बैठकमा सहमतिका आधारमा संविधान बनाउनुपर्ने धारणा राखेका थिए । ‘अब सहमतिबाट भाग्न मिल्दैन्’ उनले भने । तर, मधेसी नेताहरुले प्रचण्डले ८ प्रदेशमा सहमति गरेकाले मोर्चा फुटेको बताएका थिए ।