
इस्तानबुल, ३० मंसिर । टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ ।
यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको छ । ‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किस एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘म हाम्रो देश र हाम्रो कम्पनीको लागि शुभकामना चाहन्छु’ एक्सीले भने । एएफपी















प्रतिक्रिया