९ कार्तिक २०८३, सोमबार

देश विकासको काम गरिरहेको एमालेलाई षडयन्त्रपूर्ण ढङ्गले हटाइयो: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार तेर्‍हथुमको आठराई गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको बताएका हुन् ।

एमालेलाई सरकारबाट हटाएपनि जनतामा प्रभाव विस्थापित गर्न नसकेको र लोकप्रीय पार्टी हुन सफल भएको उनको भनाइ छ ।

ओलीले मिसन २०८४का लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको र लाखौ जनता सहभागी भएको दावी गरे ।

ओलीले मुलुकलाई अप्ठेरोबाट अघि बढाउनका लागि सहित नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको जिकिर गरे । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।