९ कार्तिक २०८३, सोमबार

३० लाख धरौटी बुझाएर रिहा भएका बालकृष्णसँग सम्पत्ति शुद्धीकरणले माग्यो १५ लाख

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

उच्च अदालत पाटनको आदेशमा ३० लाख धरौटी बुझाएर आज मात्रै रिहा भएका खाँणसँग सम्पत्ति शुद्धीकरण विभागले पनि १५ लाख धरौटीमा माग गरेको हो ।

आज रिहा भएलगत्तै उनलाई शुद्धीकरण विभागमा लगिएको थियो । खाँणले विभागमा १५ लाख बुझाएका छन् ।

त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगिएको छ ।