
काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीमाथि धनकुटामा आक्रमण भएको भन्नेबारे धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आक्रमणकारीले रक्सी खाएकाले मिसअन्डरस्ट्यान्डिङ भएको देखिएको स्पष्ट पारेका छन् ।
बाहिर आएजस्तो आक्रमण नभएको उनले स्पष्ट पारेका छन् ।
‘बाहिर मिडियामा आएजस्तो अलि देखिएको छैन। पूर्वप्रधानमन्त्रीज्यूलाई स्वागत गर्न आएकै देखिन्छ,’ पौडेलले भने, ‘रक्सी खाएकोले अलि मिसअन्डरस्ट्यान्डिङ भएको जस्तो देखिन्छ प्रारम्भिक रूपमा। तैपनि हामी सोधपुछकै क्रममा छौँ।’















प्रतिक्रिया