९ कार्तिक २०८३, सोमबार

असई थमन विक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई अदालतले दियो सफाइ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाई दिएको छ ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या आरोप लागेका कोइरीलाई न्यायाधीश उद्धवप्रसाद भटराईको एकल इजलासले सफाइ दिएको हो । २०७२ भदौ २५ मा असई विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

कोइरीसँगै विकको हत्या आरोप लागेका पवन कापरले पनि सफाई पाएका छन् । अदालतले सातजनालाई भने जन्मकैदको फैसला गरेको छ ।

अदालतले प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको हो।

यो मुद्दाका १९ जना अभियुक्तहरु अझै फरार छन्।