
काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका एक नेताविरूद्व प्रहरीमा उजुरी परेको छ ।
कांग्रेस रामेछापका नेता भरतप्रसाद चौलागाईंविरुद्ध काठमाडौं प्रहरीमा बैंकिङ कुसर मुद्दामा उजुरी परेको हो । ललितपुर महालक्ष्मी नगरपालिका–८ का सानुभाई थापाले चौलागाईंविरुद्ध उजुरी दिएका हुन् ।
चौलागाईंले थापालाई दिएको ३ करोड १२ लाख र ८० लाख रुपैयाँको चेक बाउन्स भएपछि थापाले नेता चौलागाईंविरूद्व प्रहरीमा उजुरी दिएका हुन् ।
थापासँग चौलागाईंले जग्गा कारोबारको लागि भन्दै तीन करोड ९२ लाख रुपैयाँ लिएका थिए । ८० लाख बाहेक थापासँग चौलागाईंले दिएको अर्को भएको छ ।















प्रतिक्रिया