९ कार्तिक २०८३, सोमबार

समृद्विका लागि संकल्प यात्रा: भोलि तेर्‍हथुमको बसन्तपुरमा हुने बृहतसभाको तयारी पूरा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, २७ मंसिर । नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५हजार बढीको सहभागिता हुने गरी तयारी गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा सुनसरी, मोरङ, तेहथुम, धनकुटा र संखुवासभा बाट सहभागिता रहने छ । सुनसरी मोरग बाट मात्र ६० वटा बस, ६० वटा कार, जीप र तीनसय बढी मोटरसाइकल मा सहभागि हुने नेता तिवारीले बताए । आजै देखि सहभागिहरू बसन्तपुर जान थालेका छन । भोली दिउसो साढे १२ बजे बसन्तपुरमा सभा सुरु हुनेछ ।

बसन्तपुरमा अध्यक्ष ओलीलाई लिम्वू सँस्कृति अनुसार स्वागत गरिने छ । बसन्तपुर बजारमा हुने आमसभामा ५सय १ जना स्वयँसेवक खटिने छन । सभाअघि बिभिन्न जातजाती भाषभाषीको झाँकी सहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिए ।

आमसभाअघि चोलुङ्गपार्क र त्यहाँ स्थित ऐतिहाँसिक संग्राहलय नीरिक्षणको कार्यक्रम छ । बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो । लोकमार्गमा रहेका १० शहरमा संचालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि संचालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो ।