९ कार्तिक २०८३, सोमबार

एमालेको समयमा धेरै काम भए, विरोधी आत्तिए: केपी शर्मा ओली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुने हो भने धेरै काम गर्न सकिने बताएका छन् ।

झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलमा पनि नेकपा एमालेले धेरै काम गरेको बताएका हुन् ।

एमाले सरकारबाट हटेपछि भूकम्प पछिको पुनर्निर्माण सबै काम रोकिएको अवस्थामा पुन: नेकपा एमाले सरकारमा गएपछि सबै पुनर्निर्माण काम गरेको उनले स्मरण गराए । यस बाहेक विद्युत्, खानेपानी, सडक, पुल, सिँचाई रेल, पूर्वाधार, अनेक खालका विकास नेकपा एमालेले गरेको ओलीले बताए । ‘हाम्रो समयमा धेरै कामहरू भए, विरोधीहरू आत्तिए’, ओलीले भने ।

एमालेको काम देखेर विरोधीहरूले लगातार मुख छाडेका ओलीले बताए । तिनै शक्ति एमाले भित्र समेत घुसेर पार्टी फुटाउने काम गरेका ओलीको भनाइ छ । अनेक जाल झेल गरेर, बहुमतको सरकार ढालेर, अदालतको सहारा लिएर समय नै तोकेर दक्षिणपन्थीको हातमा सत्ता जिम्मा लगाउने काम भएको उनले बताए ।

एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरी जनताको बहुमत सहित एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे । एमाले गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उनले प्रष्ट पारे । सबै सिद्धाउन खोज्दा पनि कसैले सिद्ध्याउन नसकेर नेकपा एमाले पहिलो राष्ट्रिय शक्ति बनेर आएको उनले दाबी गरे । तर यतिले पनि नपुगेको भन्दै ओलीले नेकपा एमालेको लागि एकल बहुमत आवश्यक रहेको धारणा राखे ।

जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा एमाले जनताको बिचमा आएको उनले बताए। समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउन समृद्धिको लागि संकल्प यात्रा आयोजना गरिएको ओलीको भनाइ छ ।

ओलीले यो अभियानले नेकपा एमालेले जनताका समस्या र समाधानका उपायको विषयमा विद्यावारिधि प्राप्त गरेको बताए। यसले पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको उनको भनाइ छ ।