९ कार्तिक २०८३, सोमबार

कथित पहिचानको नाममा एमालेलाई जिस्काए प्रतिकार गर्छौँ: शरणकुमार राई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) भोजपुरका अध्यक्ष शरणकुमार राईले कथित पहिचानको नाममा एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन् ।

एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान भोजपुर भित्रिएसँगै राईले सो चेतावनी दिनुभएको हो । ‘पहिचानका नाममा राजनीति गर्दै कसैले एमाले विरुद्ध गडबडी गर्छ भने त्यसको प्रतिकार गर्छौँ, हामी चुप लागेर बस्दैनौँ’, उनले भने।

पहिचानको नाममा एमाले माथि आक्रमण गर्ने दुष्कर्म नगर्न पनि उहाँले चेतावनी दिए । ‘पहिचानको नाममा राजनीति गर्ने र त्यही बहानामा एमालेमाथि आक्रमण गर्ने दुष्कार्य हामीलाई स्वीकार्य छैन, हामी प्रतिकार गर्छौँ’, उनले भने।

उनले भने, ‘नेकपा एमालेलाई जिस्काउने र चलाउने काम नगरियोस्, हामी प्रतिकार गर्छौँ, नेकपा एमालेले कसैले नजिस्काओस् ।’