९ कार्तिक २०८३, सोमबार

सिम्रौनगढमा प्रहरीले चलायो गोली, एकजना घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।

नगरपालिकामा आन्दोलनरत शिक्षक कर्मचारीले नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार गरेको थियो ।

गोली लागेर एक जना घाइते भएका छन् । उनको उपचार गर्न नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

नगरपालिकाका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनरत रहेका छन् ।