९ कार्तिक २०८३, सोमबार

त्रिचन्द्र कलेजमा भू-गर्भ शास्त्र विभागका विद्यार्थीले गरे तालाबन्दी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । त्रिचन्द्र कलेजमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

भू-गर्भ शास्त्र विभाग चौथो वर्षका विद्यार्थीहरूले क्याम्पस प्रशासन र भू-गर्भ शास्त्र विभागमा तालाबन्दी गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको चौंथो वर्षको पाठ्यक्रम अनुसार विद्यार्थीहरूलाई लैजानु पर्ने २८ दिने फिल्ड वर्कका लागि क्याप्पसले वेवास्ता गरेपछि विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

फिल्डवर्क निर्धारित मिति भन्दा निकैपछि सम्म पनि हुन नसकेको र यस विषयमा सम्बन्धित विभाग तथा क्याम्पस प्रमुख सँग छुट्टाछुट्टै छलफल गर्दा दुवै पक्षबाट छुट्टाछुट्टै धारणा आएकाले दुवै पक्षबीच छलफल गरी फिल्ड वर्क निर्धारण गर्न माग गर्दा क्याम्पस प्रशासनले बेवास्ता गरेको विद्यार्थीहरूले बताएका छन् ।

क्याम्पसको लापरवाहीले विद्यार्थीहरू पठनपाठनमा असर परेको भन्दै विद्यार्थीहरूले माग सम्बोधन नभएसम्म अनिश्चितकाल सम्मका लागि तालाबन्दी गरेका हुन् ।