
काठमाडौं, २७ मंसिर । शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमका थप दुईजना अधिकृत पक्राउ परेका छन् ।
प्रहरीले आज अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरेको हो । यस प्रकरणमा प्रहरीले यसअघि नै वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र चारजना कल्सल्टेन्सि सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो ।
उनीहरूले नक्कली कागजात भनाइ भिजिट भिसामा विदेश पठाउँदै आएको खुलेको छ ।















प्रतिक्रिया