
काठमाडौं, २६ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबहादुर गहतराज (सीबी) पक्राउ परेका छन्।
उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको खुलासा भएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको थियो।
ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो।
क्रिश्चियन धर्मगुरूसमेत रहेका उनले ‘महानअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै उजुरी परेको थियो।
गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।















प्रतिक्रिया