९ कार्तिक २०८३, सोमबार

जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै हो: केपी शर्मा ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको बताएका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमालेमात्रै रहेको र समस्याहरुको समाधान गर्ने बताएका हुन् ।

ओलीले समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिँडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिवद्ध रहेको जिकिर गरे । सडक निर्माण देखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले साधारण काम गरेको उनले बताए ।

सुनकोशी मरिण डाइभरर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।