२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।