
काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल प्रकरणमा सरकारले भ्रष्टाचार गरेको भन्दै दुष्प्रचार भएकोमा आपत्ति जनाएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुको कुरा गर्दै प्रचण्डले एनसेल खरिद(बिक्री प्रकरणमा सरकारलाई मुछेर दुष्प्रचार गर्ने प्रयास भइरहेको बताएका हुन् ।
‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ,’ प्रधानमन्त्रीले भने, ‘विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ, बोल्डली जानुपर्छ भनियो। क्याबिनेटबाट निर्णय गरियो। तर, केही मिडियामा एनसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो।’















प्रतिक्रिया